यूवापुस्ताका दर्शक, स्रोताहरुमा आफ्ना गीतहरुबाट जादू चलाउने क्यानडाका चर्चित पप गायक जस्टिन बीबर २०१७ रेडियो डिज्नी म्यूजिक अवार्डसका लागि यस बर्षको नामांकनमा छाएका छन् ।
बिलबोर्डको रिपोर्टका अनुसार, ‘सरी’ का गायकलाई सर्वश्रेष्ठ पुरुष कलाकार, सर्वाधिक फ्यान भएका गायक, सर्वश्रेष्ठ क्रश गीत, बेस्ट डान्स ट्र्याक, बेस्ट ब्रेकअप गीत र मन पर्ने टूर समेत पुरस्कारको ६ श्रेणिमा नामांकन गरिएको छ ।
मेगान ट्रेनर र सेलीना गोमेजलाई पाँच-पाँच नामांकन मिलेको छ, जबकी म्यूजिकल ग्रुप डीएनसीई र केलसिया बलेरिनीको चार-चार श्रेणीमा नामांकन गरिएको छ । यो पुरस्कार समारोह २९ अप्रिलको लस एन्जिलिसमा माइक्रोसफ्ट थिएटरमा आयोजना हुनेछ ।