सुपरमोडल केट मोसको निर्वस्त्र तस्वीर चोरी भएको छ । यी तश्वीरहरु ति तश्वीरको हिस्सा थियो, जुन २०११ मा आफ्नो विवाहमा खिचाइएको थियो । तश्वीरमा केट आफ्नो त्यो खास दिनको तयारीमा रहेको देख्न सकिन्छ । यो तश्वीर उनको दर्जनौं तश्वीरका हिस्सा हुन, जुन उनले रकर जैमी हिंससँग विवाहको खुसीमा खिचाइएको थियो । तर, केट पछि जैमीसँग अलग भईन् ।
वेबसाइट डेलीस्टार डटकम डट यूकेको रिपोर्टका अनुसार, केटको यी तश्वीरहरु सम्भवतः उनको कम्प्यूटर ह्याक गरेर लिइएको हो । मानिएको छ कि अहिले उनीहरुले केटका प्रशंसकहरुलाई ति तश्वीरहरु साझा गरिसकेका छन् । एक सूत्रले भने,’केट यसबाट निकै दुखित छिन् ।’ तर, अब उनी जैमीसँग अलग भइसकेकी छिन्, तर यी तश्वीरहरुसँग उनको खास लगाव छ र उनको यी तश्वीरहरु नीजि हुन ।