हालैमा बलीउडस्टार शाहिद कपूर अभिनित मूभी ‘रंगून’ रिलिज भएको थियो । तर, बक्सअफिसमा कमजोर कलेक्शन गरेको यो चलचित्र फल्प हुँदा शाहिद कपूरको करियर चौपट भएको सम्म हल्ला चल्यो । तर, फिल्म ‘रंगून’ को असफलतामाथी ट्रेड एक्पर्ट अमूल विकास मोहनले भनेका छन् कि यसले शाहिदको करियरलाई कुनै असर गर्ने छैन । अमूलले भने, ‘शाहिदसँग यस बर्षका लागि अर्को ठूलो फिल्म छ पद्मावती। यसलाई डायरेक्ट गरिरहेका छन् संजय लीला भंसाली, यसैले पनि उनले फ्यानको विश्वास तोड्नु हुँदैन ।’
‘रंगून’ यस बर्षको मोस्ट अवेटेड फिल्म्स मध्ये एक थियो । यो फिल्मले एक हप्तामा १८.७ करोड कमाएको थियो र अहिलेसम्म यो फिल्मको विजनेश २१.४७ करोड रहेको छ ।