महिनौंसम्म हलीउड सिंगर अडेल एकबाट दुई हुने खबरका कारण निकै चर्चामा थिइन र अन्ततः उनले यो राजको विषयमा आफ्नो मुख खोलेकी छिन् । अस्ट्रेलियाको ब्रिस्बेनमा सिंगर अडेलले स्टेजमा चमत्कार गरिन्, ‘म अब विवाहित महिला हुँ ।’ सिंगर अडेल र सिमोन कोनेकी अहिले एक भइसकेका छन् । उनी यस बेला आफ्नो एल्बम समवन लाइक यूको बारेमा कुरा गरिरहेकी छिन् । तर, लामो समयदेखी अफवाहले यो बजार तातेको छ कि अडेल र सिमोन कोनेकीले विवाह गरेका छन् । अडेलले आफ्नो ग्रेमी अवार्ड पनि आफ्नो पतिमा समर्पित गरेकी छिन् । अडेल र सिमोनका छोरा पनि छन्, चार बर्षका एन्जेलो । आफ्नो विवाहको विषयमा अडेलले सार्वजनिक गरेको भिडियो यति बेला खुबै भाइरल बनिरहेको छ । अडेलले विवाहको विषयमा जानकारी दिँदै त्यो दिनको सम्झना गरिन्, जब आफ्ना केही नजिकका मान्छेलाई ‘समवन लाइक यू’ गाएर सुनाएकी थिइन । अडेलले भनिन्, ‘म उनको आँखामा हेर्न सक्थे । मनौं ऊ यसलाई आफ्नो हेडफोनमा सुनिरहेको छ र यसले उसलाई कसैको याद दिलाइरहेको छ । म मात्र यो याद गर्न चाहन्छु कि कुनै सम्बन्धको सुरुवातमा कस्तो महशुस हुन्छ । यो गीतको प्रेरणा उनैबाट मिलेको हो ।’ स्टेजमा अडेलले कुरा रोकिनन्, ‘किनकी सम्बन्ध टुट्नु कति खराब हुन सक्छ । जब तपाई पहिलो पटक कसैको प्रेममा पर्नुहुन्छ तब जिन्दगीको सबैभन्दा प्रिय महशुस हुन्छ र मलाई यसको अनुभव छ ।’