‘बाहुबली २’ को प्रतिक्षा यति बेला व्यापक भइरहेको छ । ‘कटप्पा’ ले ‘बाहुबली’ लाई किन मारे ? यसको अलवा धेरै कुरा छन्, जसका लागि पनि बाहुबलीको प्रीक्वलको प्रतिक्षा भइरहेको छ ।
‘बाहुबली २’ मा ‘बाहुबली’ र ‘देवसेना’ को प्रेम कहानी पनि बाहिर आएको छ ।
‘बाहुबली’ प्रभास र ‘देवसेना’ अनुष्का शेट्टीको रोमान्स पर्दामा मात्र होइन कुनै दिन रियल लाइफमा पनि चलेको थियो ।
यति मात्र होइन प्रभासले तीन बर्षसम्म अनुष्का शेट्टीको विवाहसम्म हुन दिएका थिएनन् । प्रभास र अनुष्का साउथका धेरै फिल्महरुमा एकसाथ काम पनि गरिसकेका छन् ।
‘बाहुबली’ मा अनुष्का शेट्टीले प्रभासकी आमाको रोल प्ले गरेकी थिइन । तर, ‘बाहुबली’ मा उनको भूमिका भने खासै दमदार थिएन ।
बताइएको छ कि प्रभासको विवाह उनको परिवारले आफ्नो मर्जीले गराउन चाहेका थिए । तर, यसका लागि ‘बाहुबली २’ को काम सकिने प्रतिक्षा भइरहेको छ । देवसेना उर्फ अनुष्का शेट्टीको असली नाम भने स्वीटी शेट्टी हो । अरुंधती, वेदम, रुद्रामदेवी र सिंघम सीरीजमा अनुष्का देखिसकेकी छिन् ।