कपिल शर्मा बिहिबार ‘कफी विद करन’ मा देखिँदैछन् । यस दौरानमा कपिलले तब करनको बोली बन्द गरे, जब करनले सोधे कि ‘सेक्सका लागि के गर्नुहुन्छ ?’ कपिल करनको यो प्रश्न सुनेपछि एकछिन त अक्क न वक्क भए । त्यसपछि करनलाई कपिलले उल्टै प्रश्न गरे, ‘यो कफी विद करन हो वा फेरी अरु नै विद करन हो ।’ त्यस्तै कपिलले शोको दौरानमा आफ्नो लाइफको केही चकित पार्ने खुलासा पनि गरेका छन् ।
कपिलले करनको शोमा बताए कि एक पटक उनको कजिनले शाहरुख खानको घर देखाउन इच्छा व्यक्त गरे । त्यसैले उनीहरु शाहरुखको घरमा नजिक पुगे । गेट खुल्ला भएका कारण कपिल र उनको कजिन भित्र पसे । किस्मत ठूलो थियो कपिललाई गार्डले चिने र भित्र चलिरहेको पार्टीमा जान अनुमती दिए । कपिलले यसको पनि खुलासा गरेका छन् कि त्यस दौरान शाहरुखकी श्रीमती गौरीले उनको वेलकम गरेकी थिइन । कपिलले भने, ‘शाहरुख भाई निकै राम्रा व्यक्ति र होस्ट हुन । तर, उनले मलाई अहिलेसम्म पार्टीमा भने बोलाएका छैनन् ।’