चैत १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको रेखा थापा स्टारर मूभी ‘पलाँस’ को नयाँ गीत रिलिज भएको छ । गीतमा नायिका रेखा थापाको साथमा हुँदा र यादमा रुँदा पनि मजा लाग्ने कुरा चलचित्रका नायक अयुव केसीले मार्मिक ढंगबाट व्यक्त गरेका छन् । गीतमा अयुव रेखाको यादमा तड्पिरहेको देख्न सकिन्छ । यूवराज चौलागाइँको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको छ । यो चलचित्रको केही दिन अगाडी ट्रेलर पनि सार्वजनिक भएको थियो । ट्रेलरमा नायिका रेखा थापा शिक्षिकाबाट यौनकर्मी बनेको देखाइएको छ । चलचित्रमा रेखा ‘सम्झना’ र अयुव ‘कृष्ण’ को भूमिकामा छन् ।
यो चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, सानु कुमार महर्जनको एक्सन, सुवास कोइरालाको कथा, उज्ज्वल ढकालको सम्पादन छ ।