पोर्नस्टार हुँदै बलीउड चलचित्रमा पाइला टेकेकी सन्नी लियोनीलाई बलीउडकी एडल्ट स्टार भनेर चिनिन्छ । एकपछि अर्को चलचित्रमा आफ्नो बोल्ड दृश्यका कारण चर्चा र विवादमा तानिरहने सन्नीका खासै बलीउड चलचित्र भने सफल भएका छैनन् । उनको बोल्ड दृश्यका कारण चलचित्र सफल नभएपनि उनलाई भने सफलता दिलाइरहेको छ । धमाधम विभिन्न चलचित्रमा काम पाउनु देखी विभिन्न महंगा विज्ञापनमा पनि उनले काम पाइरहेकी छिन् । तपाईहरुले टेलिभिजनमा केही महिनादेखी सन्नीले अभिनय गरेको एक कण्डम कम्पनीको विज्ञापन हेर्दै आइरहनु भएको होला । त्यही कण्डम कम्पनीको विज्ञापन गरेको भन्दै सन्नी विरुद्ध मुद्धा पनि दायर भएको थियो । तर सन्नी कण्डम कम्पनीको विज्ञापन गर्नु उसको निजी कुरा रहेको बताएकी छिन् । पत्रकारसँगको एक भेटमा सन्नीले भनेकी छिन्, ‘कुनै कण्डम कम्पनीको एम्ब्यासडर बन्नु आफ्नो निजी कुरा हो । सबै यसमा सहज नहुन पनि सक्छन् ।’ उनले पत्रकारहरुको प्रश्नको उत्तर दिँदै अगाडी भनिन्,’म सुरक्षित शारीरिक सम्बन्धमा विश्वास गर्छु र सबैलाई सुरक्षित शारीरिक सम्बन्ध राख्न पनि सल्लाह दिन्छु ।’