प्रत्येक बर्ष सार्वजनिक गर्दै आइरहेको फोब्र्स म्यागजिनले यस बर्ष सर्वाधिक कमाउने सेलिव्रेटीहरुको सूची सार्वजनिक गरेको छ । यस बर्ष सर्वाधिक कमाउनेमा अमेरिकी गायिका टेलर स्विफ्ट परेकी छिन् । फोब्र्स म्यागजिनले आफ्नो अनलाइनमा दिएको जानकारी अनुसार उनको कुल आम्दानी १ सय ७० मिलियन डलर रहेको छ । यस बर्ष पनि सर्वाधिक कमाउने सेलिव्रेटीको रुपमा आफुलाई सूचीकृत गराएकी टेलरले १९८९ नामक एल्बमबाट विश्वटुरमार्फत उनले सबैभन्दा बढि आम्दानी गरेकी थिइन । त्यस्तै १ सय १० मिलियन डलरसहित ब्वाइ व्याण्ड वान डिरेक्सन दोस्रो स्थानमा परेको छ । यस बर्ष यो व्याण्डले अन्य व्याण्डभन्दा टुरबाट मात्रै २ सय मिलियन डलरभन्दा बढिको कमाइ गरेको छ । सोही क्रममा तेस्रो स्थानमा ९५ मिलियन डलरसहित लेखक जेम्स प्याटरसन रहेका छन् । फोब्र्स म्यागजिनको सूचीमा बलीउड अभिनेता शाहरुख खान र अक्षय कुमार पनि परेका छन् ।