मात्रै २० मिनेटको एक फिल्मको लागि के कुनै भारतिय अभिनेताले ३० करोड भारु पारिश्रमिक लिन सक्छ ? यो प्रश्नको जवाफ धेरैले सक्दैन भनेर दिन सक्छन् तर, यसको सहि जवाफ हुन्छ, ‘सक्छ’ ।
हो यी स्टारको नाम हो, प्रभास । दक्षिणका सुपरस्टार प्रभासको फिल्म ‘बाहुबली २’ को हरेक मानिसहरुलाई प्रतिक्षा र यो फिल्म १४ अप्रिलमा रिलिज हुँदैछ । तर, यसभन्दा पहिले प्रभास एक यस्तो धमाका गर्दैछन्, जो आजसम्म कसैले पनि गर्न सकेका छैनन् ।
प्रभासले आफ्नो फ्यानहरुलाई एक नयाँ फिल्म उपहार दिन गइरहेका छन् , तर, यो फिल्म जम्मा २० मिनेटको हुनेछ । यस २० मिनेटको फिल्मको लागि प्रभासले यति पारिश्रमिक मागे कि सुरुमा त निर्देशकको होस नै उड्यो ।
प्रभासले निर्देशकसँग ३० करोड भारु मागेका थिए । उनको लोकप्रियता देखेर फिल्म निर्माताले उनलाई उक्त रकम दिएको मिडिया रिपोर्टहरुले बताएका छन् । यो फिल्म हिन्दी, तामिल र तेलगु गरी तीन भाषमा बनाइने छ । फिल्ममा भरपुर एक्सन दृश्यहरु हुनेछन् । यो फिल्मको विशेषता के छ भने यसलाई जिवन्त बनाउनको लागि हलिउडका एक्सन डाइरेक्टर केनी बेटिजको मद्धत लिइनेछ । केनीले डाई हार्ड र टान्फर्मस जस्ता फिल्महरु बनाएका छन् ।