‘जोली एलएलबी २’ ले अझै पनि बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । यस फिल्मका लागि अक्षयले कुनै पनि तयारी गरेका थिएनन् । यो फिल्मका लागि न त उनले तौल नै बढाए न घटाए नै । केबल ३० दिन सुटिङ गरेर उनले ५२ करोड भारतीय रुपैयाँ कमाउन सफल भएका छन् ।
जब अक्षयलाई यस फिल्म अफर गरिएको थियो उनले सोधेका थिए,‘फिल्म कति दिनमा सकिन्छ’ । सुटिङ सक्न ४२ दिन लाग्ने बताइयो । उनले फिल्मको लागि ४२ करोड मागे । प्रतिदिनको एक करोड ।
त्यसपछि अक्षयको सोच बदलियो । उनलाई लाग्यो फिल्म सफल भएमा ज्यादा पैसा कमाउन सक्छ । उनले फिल्मको ८० प्रतिशत हिस्सा मागे । उनले ४२ दिनमा सकिने भनिएको सुटिङ ३० दिनमा सकेर देखाए ।
फिल्म ४५ करोड भारतीय रुपैयामा बनेको थियो । फिल्मले ११४.७ करोड रुपैयाँ कमाइ सकेको छ । ६५ करोडमा नाफामा उनले ५२ करोड रुपैयाँमा लिएका छन् । बलीउडमा अक्षयको कमाइ ह्वात्तै बढेको छ । यसकारण पनि फिल्म उद्योगका निर्माताहरु अक्षयसँग काम गर्न उत्सुक देखिएका छन् । पैसा कमाउन दुई व्यक्ति माहिर रहेको बताइन्छ । एक अक्षय कुमार र अर्का हुन् शाहरुख खान ।