विवाहित हुँदाहुँदै पनि घरेलु सहयोगीबाट बच्चा जन्माएपछि पछिल्ला २० वर्ष टर्मिनेटर फेम अभिनेता आर्नोल्डलाई सो गल्तीले अझै पश्चातापमा पारिरहेको खुलासा भएको छ। एक अन्तर्वार्ताको क्रममा उनले भने, ‘कुनै परिवर्तन ल्याउँदै भन्ने थाहा हुँदाहुँदै पनि पटक पटक यस बारेमा सोच्छु र आफूलाई आफूले सकेजति पिट्छु। त्यसैले मुख्य कुरा भनेको कसरी त्यसबाट अगाडी बढ्ने भन्ने हो। तपाईंका बच्चासँग राम्रो सम्बन्ध कसरी राख्ने भन्ने मलाई भइरहन्छ ।’ मारिया स्रिभरसँग विवाहित रहेका आर्नोल्डको सो घटना हुँदा चार सन्तान थिए। उनले आफ्नी घरेलु सहयोगी मिल्डरेड बाइनाबाट जोसेप नामको बच्चा जन्माएपछि उनको श्रमतीसँग डिभोर्स भएको थियो। उनले सो गल्ती सुधार्ने कुनै ठाउँ नभए पनि जीवनमा अगाडी बढ्नुको विकल्प नभएको बताए।