बलीउडस्टार अक्षय कुमारका मिल्ने साथी तथा दारा सिंहका छोरा विन्दु दारा सिंहको यो भनाई छ कि उनको पिताको जिवनमाथी बन्ने फिल्मलाई लिएर खेलाडी कुमार केही दुविधामा छन् । विन्दुले बताए कि दारा सिंहको बायोपिकको बारेमा अक्षयसँग उनको कुरा भएको थियो तर अहिलेसम्म अक्षय कुमारले स्क्रिप्ट भने सुनिसकेका छैनन् ।
कमबखत इश्क, मुझसे शादी करोगी, हाउसफुल, जोकर जस्ता फिल्ममा अक्षय र विन्दुले एकसाथ काम गरिसकेका छन् । विन्दुले बताएका छन् कि अक्षय कुमारको लगनलाई देख्दै उनी दारा सिंहको रोलका लागि बेस्ट छन् । तर, अक्षय केही कन्फ्यूजमा छन् । उनलाई लाग्छ कि यो फिल्ममा काम गर्नका लागि आफ्नो तौल बढाउनु पर्छ । दारा सिंहमा बन्ने फिल्मको स्क्रिरप्ट महरूख असद मिर्जाले लेखेका हुन ।