गएको बर्ष प्रदर्शनमा आएको म्यूजिकल लभस्टोरी चलचित्र ‘प्रेमगीत’ को सिक्वेल अब प्रदर्शनका लागि लगभग तयार भएको छ । चलचित्रको क्लाइमेक्स सीन बाहेक यो चलचित्रको अन्य बाँकी सबै छायाँकन सम्पन्न भइसकेको छ । शुक्रबार चलचित्रका नायक प्रदीप खड्काको जन्मदिन मनाउँदै निर्माण कम्पनी आशुसेन फिल्मसले अर्को बर्षको साउन १३ गतेका लागि यो चलचित्रको रिलिज डेट लक गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच चलचित्रका कास्ट एन्ड क्रिउ, परिवार र साथीभाईलार्ई जन्मदिन केक खुवाउँदै नायक प्रदीपले चलचित्र ‘प्रेमगीत २’ ले दर्शकहरुको चाहना पूरा गर्ने दाबी गरे । उनले आफ्नो बर्थडे केक आमा, निर्माता सन्तोष सेन, अभिनेत्री अश्लेषा ठकुरी, नृत्य निर्देशक रिनशा राई लगायतलाई खुवाएका थिए । कार्यक्रममा बोल्दै निर्माता सेनले चलचित्र ‘प्रेमगीत २’ ले नेपाली सिनेमालाई अन्तराष्ट्रिय उचाइमा लैजाने विश्वास व्यक्त गरे । निर्देशक रामशरण पाठकले नेपाल र म्यानमारलाई जोड्ने काम फिल्मले गर्ने बताए । चलचित्र पत्रकार संघका नव-निर्वाचित अध्यक्ष सन्दीप सापकोटाले निर्माता र पत्रकारबीच विद्यमान लभ–हेट रिलेसनसिप अब लभमा बदलिनुपर्ने खाँचो औंल्याए ।
‘प्रेमगीत २’ ले नवनिर्वाचित चलचित्र पत्रकार संघ, नेपालको पदाधिकारीलाई सम्मान व्यक्त गर्दै ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहयोग प्रदान गरेको छ । निर्माता सेनले अध्यक्ष सापकोटालाई उक्त राशीको चेक हस्तान्तरण गरे ।नेपाल, म्यानमार र म्यानमारको अन्तरदेशिय प्रेमकथा समावेश गरिएको यो चलचित्रको क्लाईमेक्स सीन खिच्नका लागि अहिले नायक प्रदीप खड्काले दुई महिनासम्म मुयाथाई भनिने थाइल्यान्डको किक बक्सिङ सिकिरहेका छन् । अहिले प्रदीप यसैका लागि दशरथ रंगशालाको कभर्ड हलमा व्यायाम कार्यशालामा किक बक्सिङ सिकिरहेका छन् । दुईमहिना सुटिङ पोस्टपोन्ड भएपनि बाँकी खिच्नुपर्ने अवधि भने एकसाता मात्र छ ।
तश्वीर : मिलन ढुंगाना