‘२.०’ साल २०१० मा प्रदर्शनमा आएको ‘रोबोट’को सिक्वेल हो । अक्षय यो फिल्ममा भिलेनको भूमिकामा देखिनेछन् । यो फिल्ममा उनी डा. रिचर्डको भूमिकामा छन्, जो एक एक्सपेरिमेन्टलको शिकार हुन्छन् । यो फिल्म यस बर्ष दिपावलीमा तमिल तेलुगु र हिन्दीमा रिलिज हुनेछ । यो फिल्ममा रजनीकान्त र अक्षय कुमारलाई एक एक बराबर स्क्रीन स्पेस दिइएको छ । यही यो फिल्मको सबैभन्दा ठूलो खूबी हो कि अक्षय र रजनीकान्तका फ्यान यो फिल्मबाट निराश हुने छैनन् । पहिला यस्तो भनिएको थियो कि यो बर्ष सबैभन्दा महंगो फिल्म ‘बाहुबली २’ हो । तर, ‘२.०’ ले ‘बाहुबली’को मात दिएको छ । यो फिल्मको कुल बजेट ३५० करोड रहेको छ ।