प्रतिक्षाको घडी समात्प भएको छ, धर्मा प्रोडक्शनले आधिकारीक घोषणा गरेर जानकारी दिएको छ कि यस बर्षको मोस्ट अवेटेड फिल्म ‘बाहुबली २’ को ट्रेलर १६ मार्चमा रिलिज हुने भएको छ । प्रोडक्शन हाउसले यो जानकारी आफ्नो ट्विटर पेजबाट दिएको हो ।
‘बाहुबली २’ को ट्रेलर आउने चर्चा गएको केही महिनादेखी खुबै चलेको थियो तर शनिबार निर्माण कम्पनीले आधिकारी घोषणा गर्दै जानकारी दिएको छ कि ‘बाहुबली २’ को ट्रेलर १६ मार्चमा रिलिज हुनेछ । फिल्मको पहिलो पार्टको रिकर्डतोड कमाई र सर्वाधिक लोकप्रियतापछि यो फिल्ममा दर्शकहरुको ठूलो भरोसा छ ।
ट्रेलर हेर्न यस पटक फेरी निकै रोमाञ्चिक हुनेछ किनकी फिल्मको पहिलो भागमा डायरेक्टर एस.एस. राजामौलीले सानदार भिएफएक्सबाट फिमलाई सजाएका थिए ।