हलीउड गायिका एडेलले हालैमा आफ्नो सिडनी लाइभ कन्सर्टलाई बीचमा नै बन्द गर्नु परेको छ । खासमा, कन्सर्टका दौरान एक ४७ बर्षकी महिलालाई हार्ट अट्याक आएको थियो । त्यसपछि लाइभ कन्सर्टकै बीचमा इमरजेन्सी सर्भिस बोलाइएको थियो र उक्त महिलालाई हस्पिटल लगिएको थियो । त्यो घट्नापछि एडेलले आफ्नो कन्सर्ट बैचमा नै रोक्नु पर्यो ।
कन्सर्टको दौरान भएको उक्त घट्नाबाट एडेल निकै निराश भएकी छिन् । एडेलले कन्सर्ट बन्द गर्दै फ्यानहरुसँग माफी पनि मागेकी छिन् । उनले भनिन्, ‘कसैको ज्यान खतरामा छ । मलाई देख्नु परेको छ कि उनी ठिक भईन वा भईनन् ।’
बताइदिउँ कि हार्ट अट्याकपछि उक्त महिलालाई लोकल हस्पिटलमा भर्ना गरिएको थियो । तर, फ्यानको अन्डिसन निकै सिरियस रहेको बताइएको छ ।