यो सुन्दा सायद तपाईहरुलाई पत्यार नलाग्न सक्छ तर हालैमा एक भारतीय मिडियाले सार्वजनिक गरेको रिपोर्टका अनुसार, बलीउड अभिनेत्री ऐश्वर्या राय बच्चनले आत्महत्या गर्ने प्रयास गरेकी थिइन । पाल्र्हो अनलाइन मिडियाका अनुसार, करन जोहरको फिल्म ‘ऐ दिल हे मुस्किल’ मा दिएको बोल्ड सिनका कारण बच्चन परिवार र ऐश्वर्याको सम्बन्ध निकै बिग्रिएको थियो । फिल्म रिलिज हुनुपुर्व पनि ऐश्वर्यालाई लिएर विभिन्न कन्ट्रोभर्सीहरु बाहिर आएका थिए ।
मिडिया रिपोर्टका अनुसार, ऐश्वर्या राय र जया बच्चनबीच फिल्ममा दिएका सिनहरु तथा फोटोसुटलाई लिएर ठूलै विवाद परेको थियो । यस विषयलाई लिएर जयाले छोरा अभिषेक बच्चनलाई पनि गाली गर्ने काम गरेकी थिइन् । केही मिडिया रिपोर्टका अनुसार परिवारमा बढ्दो विवाद र असझदारीबाट वाक्क भएकी ऐश्वर्याले आत्महत्या गर्ने प्रयास गरेकी थिइन् । उनी हस्पिटल समेत भर्ना भएको रिपोर्टमा उल्लेख छ । केही रिपोर्टका अनुसार जब रणविर सिंहसँग बोल्ड फोटोसुट गरिन् तबदेखि नै परिवारमा विवाद चुलिएको थियो । एक अन्तर्वार्तामा जयाले ऐश्वर्यालाई निशानामा राख्दै ‘लाज भन्ने चीज पनि केही हुन्छ’ भनेकी थिइन् । फिल्म ‘ऐ दिल हे मुस्किल’ ले बक्स अफिसमा सानदार कमाइ गरेको थियो ।