फिल्म ‘सुल्तान’ मा एक पहलवानको भूमिका निर्वाह गर्न वजन बढाएका बलीउडस्टार सलमान खानले भनेका छन् कि ‘सुल्तान’ पछि वजन घटाउन निकै गाह्रो भएको थियो ।
फिल्ममा सलमानले पहलवान सुल्तानको भूमिका निर्वाह गरेका थिए । यसमा उनी हरियाणाका यूवा पहलवानदेखी पाका व्यक्तिको रुपमा देखिए र यसका लागि उनले धेरै वजन बढाएका थिए । सलमानले एक संवाददाताहरुसँग भने, ‘‘वजन बढाउनु र फेरी तौल घटाउनु निकै गाह्रो भयो । म फिल्म ‘टाइगर जिंदा है’ र नृत्यमा आधारित एक फिल्म (रेमो डिसूजाको फिल्म) का लागि तयारी गरिरहेको छु । ‘सुल्तान’ मा मेरो वजन ९६ किलो थियो । मैले १८-२० केजी वजन घटाएँ ।’’ सलमानको नयाँ फिल्म ‘ट्यूबलाइट’ यस बर्षको जूनमा रिलिज हुँदैछ ।