‘जुरासिक वर्ल्ड २’ को पहिलो आधिकारीक फस्टलुक पोष्टर निर्देशक जेए बयोनाले ट्विटरमार्फत सार्वजनिक गरेका छन् । यो तश्वीरमा एक संग्रहालय जस्तो देखिएको छ, जहाँ एउटा बच्ची रातो रंगको ज्याकेट लगाएर उभिएकी छिन् र उनको अगाडी एक विशाल डायनासोरको खोपडी राखिएको छ । ‘जुरासिक वर्ल्ड’ फिल्मको सिक्वेलमा क्रिस प्रैट र ब्राइस डलास होवर्ड फेरी आफ्नो पुरानो भूमिकामा देखिनेछन् । यो फिल्म २२ जुन २०१८ मा रिलिज हुनेछ ।