साउथ फिल्म इन्डस्ट्रीमा केहि दिनदेखी आश्चर्यजनक खुलासाहरु भइरहेका छन् । सम्बन्धमा लडाई, स्क्याण्डल्स र कास्टिंग काउच जस्ता आरोप लागिरहेको छ । यस्तैमा नयाँ नाम एक्ट्रेस कस्तूरीको हो । उनले तेलुगु फिल्मका एक एक्टर र अहिले पोलिटिशियनमाथी कास्टिंग काउचको आरोप लगाएकी छिन् ।
कस्तूरीका अनुसार तेलुगु फिल्मका एक एक्टरले उनलाई एक पटक शारीरिक सम्बन्ध राख्नका लागि आग्रह गरेका थिए । कस्तूरीले धेरै तेलुगू फिल्महरुमा काम गरिसकेकी छिन् । उनले निप्पु रावा, अन्नामाया, चिलाकोतुडु, अक्सा वीधिलो र मां आयनाबनग्राम जस्ता फिल्ममा अभिनय गरिसकेकी छिन् । उनले भनिन्, ‘पहिला मसँग शारीरिक सम्बन्ध राख्न आग्रह गर्ने एक्टर अहिले राजनीतिज्ञ भइसकेको छ ।’
कस्तूरीले उक्त भयानक अनुभवको बारेमा बताउँदै भनिन्, ‘मलाई लाग्छ कि यो उसका लागि (मैले नाई भन्नू) इगोको कुरा भइसकेको थियो, म उसलाई निकै इज्जत गर्थे । तर, उँ कुनै कुराको जबाफमा नाइँ सुन्न सक्दैन थियो । जुन फिल्म उससँग मैले गरे, त्यसमा मलाई उसले निकै दुख दिएको थियो । यतिसम्मकी २ फिल्मबाट त मलाई यसले आउट नै गर्यो ।’