अभिनेता सलमान खानले यो कुराको स्पष्ट पारिसकेका छन् कि उनी चाँडै बलीउडका सुपरस्टार अक्षय कुमारसँग काम गर्ने तयारीमा छन् । सलमानले मानिसहरुको अफवाहहरुमा ध्यान नदिन आग्रह गरेका छन् । सलमान खानले ट्विट गर्दै लेखेका छन्, “अफवाहमा ध्यान नदिनुहोस् । मेरो कुरा मान्नुहोस् । एक पटक मैले कमिटमेन्ट गरिसकेको छु । र, यसको मतलब म अक्षय कुमारसँग फिल्म गर्दैछु ।”
यस बर्षको सुरुवातमा सलमानले भनेका थिए कि उनी अक्षय कुमारसँग फिल्म गर्दैछन् र जसलाई करन जोहरले निर्माण गर्नेछन् । सलमानले भनेका थिए कि फिल्ममा अक्षय कुमार हिरो हुनेछन् । यो फिल्म सन् २०१८ मा रिलिज हुनेछ ।
फिल्म ‘रकीब’, ‘जाट एण्ड जुलियट’ का निर्देशक अनुराग सिंहले यो अनटाइटल प्रोजेक्टलाई निर्देशन गर्नेछन् ।