वरुण धवनको ‘बद्रीनाथ कि दुल्हनिया’ ले यति बेला बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । लगातार एकपछि अर्को फिल्महरुले धमाकेदार कमाई गर्न थालेपछि यति बेला वरुणलाई भविष्यको सुपरस्टारको नजरले हेर्न थालिएको छ । यी अभिनेताको ८ फिल्म मात्रै रिलीज भएको छ र एउटा फिल्मले पनि असफलताको मुख देख्न परेको छैन् । आठमा दुई सुपरहिट भए र ‘बद्रीनाथकी दुल्हनिया’ पनि त्यही बाटोमा जाँदैछ ।
उनको फिल्मले बक्स अफिसमा राम्रो ओपनिङ पनि गर्न थालेका छन् । भन्नेहरुले त भनिरहको छन् कि उनले रणबीर कपुरलाई पनि पछाडी छोडिदिएका छन् । सलमान खान, शाहरुख खान, आमिर खान, ऋतिक रोशन, अक्षय कुमार र अजय देवगण जस्ता ६ ठूला स्टार पछि अहिले उनको नाम लिन थालिएको छ ।
उनी युवा, बच्चा र महिलाहरु बिचमा धेरै नै लोकप्रिय छन् र उनी हरेक खालका रोल गर्न सक्छन् । स्टुडेन्ट अफ दि इयरबाट वरुणले आफ्नो यात्रा सुरु गरेका थिए । यस फिल्मले ७० करोड भारतिय रुपैंयाको कलेक्सन गरेको थियो ।
उनको अर्को फिल्म मे तेरा हिरोले ५४ करोड, हम्प्टी शर्मा की दुल्हनिया ले ७७ करोड, बदलापुरले ५३ करोड र एबिसिडी २ ले १०५ करोड कमाएको थियो भने दिलवालेले १४८ करोड, ढिसुमले ७० करोड कमाएको थियो ।
यसैगरी, बद्रिनाथकी दुल्हनियाले अहिलेसम्म ६१ करोड रुपैंया कलेक्सन गरिसकेको छ । यी फिल्महरुको कुल कलेक्सन जोड्ने हो भने ६३८ करोड रुपैंया हुन्छ । बद्रीनाथकी दुल्हनिया अहिले पनि सिनेमाहलहरुमा लागिरहेको छ । हम्प्टी शर्मा कि दुल्हनिया र एबीसीडी २ सुपरहिट भए । केही दिनपछि बद्रीनाथकी दुल्हनियालाई पनि सुपरहिट भन्न सकिन्छ । स्टुडेन्ट अफ दि इयर र बदलापुर हिट भए । ढिसुम र दिलवाले औषत रहे भने मे तेरा हिरो सेमी हिट भए । यो वर्ष वरुणको जुडुवा २ रिलिज हुँदैछ जसबाट बलिउडले धेरै आशा गरेको छ । जसरी वरुणको लोकप्रियतामा वृद्धि हुँदैछ त्यसबाट थाहा हुन्छ कि उनको आउनेवाला फिल्महरुले पनि बक्स अफिसमा शानदार ओपनिङ गर्नेछ ।