बलीउड अभिनेत्री करिश्मा कपूरका पूर्वपति सञ्जय कपूरले फेरी अर्को विवाह गर्ने तयारीमा रहेको खबर बाहिर आएको छ । मिडियाको रिपोर्टका अनुसार, सञ्जयले आफ्नी गर्लफ्रेण्ड प्रिया सचदेवसँग न्यूयोर्कमा विवाह गर्ने अन्तिम तयारीमा रहेका छन् । अप्रिलमा हुने विवाहमा उनीहरुका नजिकका इष्टमित्रहरु मात्र सहभागी हुनेछन् । बताइदिउँ कि १३ बर्षसम्म एकअर्काको श्रीमान श्रीमती भएर बसेका सञ्जय र करिश्मा कपूरले साल, २०१६ मा मुम्बई फेमिली कोर्टमा डिभोर्स लिएका थिए ।
प्रिया सचदेव होटल मालिक विक्रम चटवालकी पूर्व श्रीमती हुन । सञ्जय कपूर र प्रिया सचदेव दुवै डिभोर्सी हुन । सञ्जय र प्रिया लामो समयदेखी एकअर्कालाई डेट गरिरहेका थिए । यी दुईलाई धेरै पटक एकसाथ समेत देखिसकिएको छ । करिश्मा कपूरभन्दा पहिला सञ्जय कपूरले डिजाइनर नन्दिता महतानीसँग विवाह गरेका थिए ।