इण्डियाका मोस्ट पपुलर र्यापर यो यो हनी सिंह ३४ बर्षका भइसकेका छन् । १५ मार्च १९८३ मा होशियारपुर, पञ्जाबमा जन्मिएका हनी सिंहको असली नाम हिरदेश सिंह हो । २००० मा हनीले न्यू दिल्लीको गुरू नानक पब्लिक स्कूलबाट अध्ययन पूरा गरेका थिए । बताइएको छ कि स्कूलको दिनहरुमा उनी अमोल पालेकरको स्पीकिंग स्टाइल को कपि गर्थे र उनको मजाक उडाउने गर्थे । बाल्यकालदेखी नै हनी सिंह निकै चनचले स्वभावका थिए र मिमिक्री गर्नमा पनि हनी निकै माहिर थिए ।
बताइदिउँ कि केही बर्ष अगाडी हनी सिंहको रिह्याब सेन्टरमा उपचार भइरहेको खबर बाहिर आएको थियो तर यो कुरालाई हनी स्वयंले नकारेका थिए । हनी सिंहले भनेका थिए, “सत्यता यो हो कि म बायपोलर डिसअर्डरबाट जुधिरहेको छु । यो सबै १८ महिनासम्म चल्यो, यो दौरानमा मैले चार डाक्टर बदलें । औषधीले मलाई काम पनि गरिरहेको थिएनँ ।” बायपोलर डिसअर्डरसँगै उनी माधकपदार्थ सेवनको शिकार भएका थिए । यतिसम्मकी उनको उपचार समेत गर्नु परेको थियो ।