ठूलो पर्दामा कहिले ‘लभ व्वाई’ त कहिले चनचले केटाको भूमिकामा देखिँदै आएका नायक सलोन बस्नेत गायक बनेका छन् । पिता शोभित बस्नेतले निर्माण र निर्देशन गर्न लागेको चलचित्र ‘बाबु कान्छा’ मा समाबेश एक गीतमा सलोनले आफ्नो आवाज दिएका छन् । यो चलचित्रमा सलोनको नै मुख्य भूमिका रहनेछ । चलचित्र ‘बाबु कान्छा’ का लागि उनले हालैमा ‘चन्द्रमाझै राम्री छौ’ बोलको गीत रेकर्ड गराएका हुन् । गीतमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । यो गीत यसअघि शोभितकै निर्देशनमा बनेको चलचित्र ‘कर्णवीर’ को रिमिक्स भर्सन हो । गायक तथा संगीतकार ओम सुनारले गीतलाई रिमिक्स गरेका हुन । गीतको ओरिजिलन भर्सनमा स्वर र सँगीत लक्ष्मण शेषको रहेको थियो । चलचित्र ‘कर्णवीर’ मा समाबेश उक्त गीतलाई फेरी दर्शक, स्रोतामाझ ल्याउन रिमिक्स गरिएको निर्देशक शोभित बस्नेतले बताए । त्यस्तै, नायक सलोनले पहिलो पटक चलचित्रको गीतमा आवाज भर्दा फरक अनुभव भएको सुनाए । नेपाल र दुबईमा खिचिने यो चलचित्रको छायाँकन चैतको अन्तिम साताबाट सुरु हुने बताइएको छ ।