बलीउडमा हेलनभन्दा पहिला एक आइटम डान्सर थिइन्, जसको नाम कुक्कू मोरे थियो । ५० को दशकमा जब आइटम डान्सरको कुरा आउँथ्यो तब हेलनको अनुहार सबैभन्दा अगाडी आउने गर्थ्यो । कुक्कू हेलनकी राम्रो साथी थिइन् । ५० को दशकमा कुक्कू निकै चर्चित थिइन् । उनी आफ्नो लग्जरियस लाइफका कारण पनि परिचित थिइन् । तर, कुक्कू मोरेको जिन्दगीको अन्तिम पल निकै पिडादायक थियो । उनको मृत्यु क्यान्सरबाट भएको थियो र त्यति बेला उनीसँग क्यान्सरको उपचार गर्ने पैसा समेत थिएन ।
५० को दशकमा कुक्कूको कैब्रे डान्सको क्रेज यति धेरै थियो कि उनले एक डान्सको ६ हजार लिने गर्थिन् । ५० को दशकमा ६ हजार भनेको एक डान्सरका लागि अभिनेत्रीभन्दा पनि महँगो पारिश्रमिक मानिन्थो । प्रोड्यूसर पनि उनलाई यति रकम खुशी खुशी दिने गर्दथे । कुक्कूले १९४६ मा फिल्म ‘अरब का सितारा’ बाट बलीउडमा डेब्यू गरेकी थिइन । कुक्कू मोरे केवल प्रोफेशनल लाइफलाई लिएर मात्र होइन पर्सनल लाइफको विषयलाई लिएर पनि निकै चर्चामा हुन्थिन । पहिलो कारमा उनी आफै, जबकी दोस्रो कार हेलनका लागि राख्थिन् र तेस्रो कार उनको कुकुरका लागि थियो ।