बलीउडमा यो पहिलो पटक हुँदैछ बलीउड अभिनेता अमिताभ बच्चन र अर्का अभिनेता आमिर खान एकसाथ फिल्ममा काम गर्दैछन् । ‘ठग्स अफ हिन्दोस्तान’ को कहानी र योसँग जोडिएका विभिन्न खबरहरुले बलीउड तातिरहेको अवस्थामा हालैमा एउटा खबर बाहिर आएको छ कि यो फिल्ममा अमिताभ र आमिर खान एकसाथ काम गर्दैछन् । फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा अमिताभ बच्चनले आमिर खानका पिताको भूमिका निर्वाह गर्नेछन् ।
बताइदिउँ कि फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा आमिर एक समुद्री चोरको भूमिकामा देखिनेछन् । फिल्म मेकर र एक्टरको तर्फबाट भने अहिलेसम्म यस विषयमा कुनै आधिकारीक जानकारी प्राप्त भइसकेको छैन । यो फिल्ममा हिरोईनको तय अहिलेसम्म भइसकेको छैन । तर, केही दिन अगाडीसम्म श्रद्धा कपूर र आलिया भट्टको नाम चर्चामा थियो । केही दिन अगाडीसम्म यो पनि खबर भाइरल बनेको थियो कि दंगल फेम फातिमा सना शेख फिल्ममा मुख्य भूमिकामा हुनेछिन् । तर, सनाले नै यो खबरलाई गलत भनेकी थिइन । आमिर यसै बर्षको मेबाट ‘ठग्स अफ हिन्दुस्तान’ को शूटिंग सुरु गर्नेछन् ।