बलीउड फिल्म इन्डष्ट्रीमा सक्स प्याक हिरो धेरै जन्मिसकेका छन् । बलीउडमा यो ट्रेण्ड भित्राउने नायक सलमान खान हुन, त्यसपछि त फिल्ममा एक्सन हिरो बन्नका लागि सिक्स प्याक नै आवश्यक छ भन्दै बलीउडका धेरै नव-नायकहरुले सिक्स प्याक बनाउन थाले । अहिले यो ट्रेण्ड नेपालमा पनि विस्तारै भित्रिदै गएको छ । तर, सिक्स प्याक बनाउनका लागि भने जस्तो सजिलो भने छैन । खाना देखी व्यायममा विषेश ध्यान दिनु पर्ने भएका कारण नेपालका केही नायकहरुले मात्र सिक्स प्याक बनाएका छन् । ति मध्येका एक हुन आर्यन अधिकारी । आर्यनलाई नेपाली टाइगर श्राफ समेत भन्ने गरिन्छ । उनी फिल्म ‘के म तिम्रो होइन र’ बाट नेपाली रजतपटमा भित्रिएका हुन । यो फिल्ममा आर्यनको सिक्स प्याकलाई दर्शकहरुले देखिसकेका छन् । ‘के म तिम्रो होइन र’ फिल्ममा आफ्नो दमदार एक्सन प्रस्तुत गरेपछि नेपाली चलचित्रका संभावन बोकेका नायकको रुपमा गनिएका आर्यनको दोस्रो चलचित्र ‘बटरफ्लाई’ अर्को बर्षमा रिलिज हुँदैछ ।
यो चलचित्रमा उनले नायिका प्रियंका कार्कीसँग रोमान्स गरेका छन् । सिक्स प्याक बनाएका कारण आर्यनलाई बलीउड एक्सन हिरो टाइगर श्राफ समेत भन्ने गरिन्छ तर उनलाई यसो भन्दा दुख लाग्छ । उनलाई लाग्छ कसैसँग तुलना हुनु, कसैको नामसँग जोडिनु राम्रो होइन तर ज्यान र अनुहार लगभग उस्तै लाग्ने भएका कारण उनका फ्यानहरु नै उनलाई नेपाली टाइगर श्राफ भनेर चिन्ने गर्छन । यो उनका लागि फाइदा होला वा घाटा त्यो त भोलीको दिनले देलाउला तर अहिलेको अवस्थामा भने आर्यनलाई टाइगर श्राफसँग नाम जोडिँदा कुनै घाटा भने भएको देखिन्न ।