भारतका चर्चित कमेडियन कपिल शर्माले आफ्नो आधिकारीक फेसबुकमा एक फोटो शेयर गरेका छन्, जसमा उनी गिन्नी चतरथको साथमा देखिएका छन् । फोटो शेयर गर्दै उनले लेखेका छन्, मेरो श्रीमतीसँग मिल्नुहोस् । उनलाई म दीपिका भन्दा पनि बढी माया गर्छु । त्यस्तै, उनले सोही फोटो ट्विटरमा पोष्ट गर्दै लेखेका छन्, ‘म उनलाई आफ्नो बेटर हाफ त भन्दिन तर उनी मलाई पूरा रुपमा बेटर हाफ मान्छिन् । लव यू गिन्नी । म उनलाई निकै माया गर्छु ।’ ट्विटरमा एक अर्को फोटो पोष्ट गर्दै कपिलले दीपिकालाई ट्याग गरेका छन् र लेखेका छन्, ‘दीपू… अब म तिमीलाई मिस गर्दिन । लव अलवेज ।’
को हुन गिन्नी चतरथ ?
सन् २०१४ मा एक अन्तर्वार्ताको क्रममा कपिलका भाई अशोक शर्माले भनेका थिए, ‘कपिल जालंधरकी भवनीत चतरथसँग विवाह गर्न चाहन्थे, जसलाई मानिसहरु प्रेमले गिन्नी भनेर बोलाउथे ।’ यी दुईले एकसाथ हंस बलिएमा काम गरिसकेका छन् ।