साक्षी तंवर र राम कपूरको जोडी अब एकता कपूरको एक वेब सिरिजमा देखिने भएका छन् । ‘बडे अच्छे लगते हैं’ मा निकै रुचाइएको यो जोडी फेरी एकपटक एकअर्काको अपोटिजमा देखिन लागेका हुन । यो वेब सिरीजको नाम ‘कर ले तू भी मोहब्बत’ हुनेछ । यसलाई एकता कपूरको नयाँ ब्यानर एएलटी बालाजी द्वारा प्रोड्यूस गर्नेछ । एएलटी बालाजीले ट्विटरमा कर ले तू भी मोहब्बत वेब सिरीजको जानकारी शेयर गरिएको छ ।
हालैमा यो नयाँ वेब सिरिजको फर्स्ट लुक पनि सार्वजनिक गरिएको छ । यो सिरिजको १४ एपिसोड हुनेछ । जानकारीका अनुसार, राम कपूर यसमा सेलिब्रेटी करण खन्नाको भूमिकामा हुनेछन् भने साक्षी तंवर एक सामाजिक कार्यकर्ताको भूमिका देखिनेछिन् ।