भारतका चर्चित कमेडियन कपिल शर्माले आफ्नी गर्लफ्रेण्डको तश्वीर सार्वजनिक गरेपछि यतिबेला उनी निकै चर्चामा छन् । गर्लफ्रेण्डको तश्वीर सार्वजनिक गरेपछि उनले एक अनलाइनलाई अन्तर्वार्ता दिएका छन् र भनेका छन्, ‘मलाई थाहा छैन मानिसहरु यो कुरालाई किन स्वीकार गरिरहेका छैनन् कि म अर्को बर्ष विवाह गर्दैछु । यसमा हैरान हुनुको कारण के छ ?’
कपिलले भने, ‘हो, म गिन्नी (भवनीत चतरथ) सँग विवाह गर्दैछु र म उसलाई माया गर्छु । म उनलाई १० बर्ष अगाडीदेखी चिन्दछु, जब म कलेजमा थिएँ । म प्राय उसको कलेजमा कमेडी गर्न जाने गर्थें । पहिला मलाई उसँग माया बस्यो र फेरी मेरी आमालाई पनि गिन्नीसँग माया बस्यो र मलाई यो लाग्यो कि अब यसलाई अफिशियल गर्नु पर्छ । र, मैले फेसबुकमा उनको र मेरो तश्वीर सार्वजनिक गरेको हुँ ।’ प्राप्त खबरका अनुसार, उनीहरु अर्को बर्ष विवाह गर्ने तयारीमा छन् ।