अनमोल केसी स्टारर मूभी ‘ड्रिम्स’ मा काम गरेपछि एकाएक चर्चामा आएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अहिलेकी व्यस्त नायिका मध्येकी एक हुन । ‘ड्रिम्स’ सुपरहिट भएपछि उनले ‘ए मेरो हजुर २’, ‘तिमीसँग’ र हालैमा ‘मंगलम’ मा काम गरिन् । ‘ड्रिम्स’ पछि उनका यी कुनै पनि चलचित्र रिलिज भने भएका छैनन् ।
पछिल्लो समय नयाँ चलचित्र निर्माण गर्ने निर्माताहरु कुनै हिरोईनको नाम सोच्नु परे सबैभन्दा अगडि साम्राज्ञी आउँछिन् । त्यसैले त अहिले साम्राज्ञीको व्यस्तता पनि खुबै बढेको छ । आफ्नो तीन चलचित्रको रिलिजको पखाईमा रहेकी साम्राज्ञी अहिले एक्सन नायक निखिल उप्रेतीसँग नजिक भएको देख्न सकिन्छ ।
हालैमा साम्राज्ञीले विना क्याप्सन आफ्नो इन्स्टाग्राममा एक तश्वीर पोष्ट गरेकी छिन्, जुन तश्वीरमा उनी एक्सन नायक निखिल उप्रेतीसँग देखिएकी छिन् । बताइदिउँ कि अहिले निखिल आफ्नो नयाँ चलचित्र ‘पिँजडा ब्याक अगेन’ को छायाँकनमा व्यस्त छन् । यही क्रममा साम्राज्ञी र निखिल पहिलो पटक एउटै फ्रेममा अट्नुले गसिप बजारमा यो अड्कल काट्न सुरु गरिएको छ कि कतै उनीहरु ‘पिँजडा ब्याक अगेन’ मा एकसाथ काम त गरिरहेका छैनन् । तर, साम्राज्ञीले विना क्याप्सन पोष्ट गरेको यो तश्वीरको पछाडि के रहस्य छ त्यो भने उनीहरुलाई नै थाहा होला । साम्राज्ञीले निखिलसँगको तश्वीर शेयर गर्नुको पछाडि कतै उनीहरु नेक्टस प्रोजेक्टमा एकसाथ काम त गर्दैछन् भन्ने अनुमान पनि लगाउन सुरु भएको छ ।