यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको रेखा थापा स्टारर मूभी ‘पलाँस’ को एक ओएसटी गीत रिलिज भएको छ । कृषा चौलागाईको निर्माणमा तयार भएको चलचित्रको ‘ओएसटी’ लाई कलाकार तथा संगीतकार प्रदिप बाँस्तोलाले तयार पारेका हुन् । प्रदिपले ‘पलाँस’ को भावलाई गीतमा उतारेका छन् । गीतमा स्वर, शब्द र संगीत उनकै छ ।
चैत्र १८ गतेबाट रिलिज हुने यो चलचित्रलाई निर्मात्री चौलागाई भिन्न कथाको चलचित्र भन्न रुचाउँछिन् । यो चलचित्रमा रेखाका अलवा अयुव केसी, कामेश्वर चौरासियाको मुख्य भूमिका छ ।
नायिका रेखा थापा अधिकांश चलचित्रमा एक्सन अवतारमा देखिदै आएकी छिन् । तर, यसमा दर्शकले रेखालाई विल्कुल फरक अवतारमा देख्न पाउनेछन् ।