हालैमा मुम्बईमा आयोजित एक इवेन्टको रेड कार्पेटमा बलीउड एक्ट्रेस दीपिका पादुकोण निकै सुन्दर देखिरहेकी थिइन् । तर, बलीउड अभिनेता रणवीर सिंहलाई अब यसबाट कुनै फरक पर्दैन । एक समय थियो, जब रणवीर सिंह दीपिकाको निकै ख्याल राख्ने गर्थे । हात समाउँदै हिँड्थे, सबैको अगाडी प्रेम व्यक्त गरथे र सुटमा व्यस्त भएको बखत पनि दीपिकालाई भेट्न छायाँकन स्थलमै पुग्ने गर्थे । अब अहिले उनीहरुमा पूरानो सम्बन्धमा पूर्णविराम लागिसकेको छ । यतिसम्मकी रणवीर अहिले त्यो ठाउँमा पनि जान चाहन्नन् जुन ठाउँमा दीपिका होस ।
खबरका अनुसार, रणवीर सिंह एक स्टाइल इवेन्टको रेड कार्पेटमा मात्र यस कारणले पुगेका थिएनन् कि त्यहाँ उनकी एक्स दीपिका पुगेकी थिइन् ।
यी दुई एकअर्कासँग यसरी टाढिनुको वास्तविक कारण ‘पद्मावती’ का निर्देशक सञ्जय लीला भंसाली हनु । स्पोटब्बायको एक रिपोर्टको यो दाबी छ कि सञ्जय लीला भंसालीले बलीउड एक्टर्स रणवीर र दीपिकालाई मिडियाबाट टाढा रहन निर्देशन दिएका थिए ।