बलीउड फिल्मकी सफल अभिनेत्री दीपिका पादुकोणले हलिउडमा भीन डिजेल स्टारर मूभी ‘एक्सएक्सएक्स : रिटन अफ ज्यान्डेर केज’ मा काम गरिन् । उनको यो पहिलो हलीउड डेब्यू फिल्म थियो । हाल बलीउड फिल्म ‘पद्मावती’ को छायाँकनमा व्यस्त रहेकी दीपिका हलीउड करियरका लागि डिजलको भर परेको खबर सार्वजनिक भएको छ। फिल्मको प्रचारका दौरान भारतमा जता जाँदा नि दीपिकाले भीनलाई नछोड्नुले पनि उनी हलिउडमा स्थापित हुन चाहेको स्पष्ट हुन्थ्यो । यस्तै, दीपिकाले आफूलाई हलिउड फिल्मबाट आएका प्रस्तावको निर्णय लिन डिजलको साहारा लिइरहेको बताइन्छ। दीपिकाले डिजेललाई आफ्नो हलिउड यात्राको व्यसायिक साथी बनाएकी छिन् भने दीपिका प्रतिको गहिरो चासोका कारण डिजलले फेरी आफ्नो फिल्ममा दीपिकालाई भित्र्याउन सक्ने भारतीय अनलाइनले समाचारमा उल्लेख गरका छन् ।