डा. मशहूर गुलाटी उर्फ सुनील ग्रोवरका फ्यानहरुका लागि खुसीको खबर बाहिर आएको छ । मिडियामा आएको खबरलाई आधार मान्ने हो भने सुनीलले पुनः कपिल शर्माको कमेडी शो ‘द कपिल शर्मा शो’ ज्वाइन गरेका छन् । यसअघि यो खबर भाइरल बनेको थियो कि सुनीले कपिलको शो छाड्दैछन् । हालैमा सुनील ग्रोवर र बाँकी सबै कलाकारहरुले शो ज्वाइन गरिसकेका छन् भने आगामी एपिसोडमा सबै कलाकारहरुले दर्शक हँसाउनेछन् ।
जबदेखी कपिल र सुनीलको झगडाको खबर बाहिर आयो तबदेखी सुनीलले शो छाडेको खबर पनि खुबै भाइरल बनेको थियो तर अहिलेसम्म सुनीलले शो छाडेको भन्ने पुष्टि भने गरेका थिएनन् । तर, एक अन्तर्वार्तामा सुनील आफु डवल पारिश्रमिक दिन सोनी च्यानल तयार भएपनि आफु नफर्किने दाबी गरेका थिए । तर, अहिलेसम्म वास्तविकता भने बाहिर आएको छैन ।
खबर त यो पनि छ कि सुनीलले अप्रिलसम्मका लागि सोनी च्यानलसँग सम्झौता गरेका छन् र उनी सोही सम्झौताका कारण पुनः शो ज्वाइन गरेका हुन् ।