अभिनय गरेका चार चलचित्रबाटै युवापुस्ताका दर्शकहरुको सुपरस्टार बनेका नायक अनमोल केसीको आज ह्याप्पी बर्थडे हो । पिता भुवन केसी र माता सुस्मिता केसीको पहिलो सन्तानको रुपमा मार्च ३०, १९९४ मा काठमाडौंको ओम नर्सिङ्ग हस्पिटलमा विहानको ११ : ३० बजे जन्मिएका अनमोल आजबाट २४ बर्षमा लागेका छन् । ‘साथी म तिम्रो’ चलचित्रमा रकस्टारको भूमिका निर्वाहा गरेर नेपाली चलचित्रमा पाइला टेकेका अनमोलले मुख्य भूमिकामा काम गर्न भने चलचित्र ‘होस्टेल’ मा पाए । ‘होस्टेल’ सफलभएपछि अनमोलले आफ्नो करियर पछाडी फर्किएर हेर्नु परेको छैन । मुख्य भूमिका निर्वाहा गरेका चार चलचित्र ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ बाट गज्जबकै फ्यान फलोइङ बटुलेका अनमोलको अर्को बर्षको भदौ ८ गते चलचित्र ‘कृ’ हलमा लाग्दैछ ।
कुनै दिन नायक भुवन केसीका छोरा भनेर चिनिने अनमोल अहिले अनमोलको नामले भुवन चिनिने गर्छन । क्यूट लुक्सका धनी अनमोल अहिले नयाँ चलचित्र ‘कृ’ को तयारीमा रहेका कारण उनी घरको चारकुनाबाट समेत बाहिर निस्किएका छैनन् । कारण, ‘कृ’ को आफ्नो लुक्स अहिले नै सार्वजनिक गर्न चाहन्नन् अनमोल । अभिनयमा कमजोर रहेको आरोप खेप्दै आइरहेका अनमोल आफ्नो क्यूट लुक्सका कारण नै दर्शकहरुको मनमा राज गरेको बहस पनि चल्ने गर्छ नेपाली सिनेवृतमा । दर्शकहरुको आरोप त यो पनि छ कि अनमोल अभिनित चलचित्रका कथावस्तु हेर्न लायकका हुँदैनन् । त्यसैले पनि हो अनमोल यस पटक चलचित्र ‘कृ’ मा निकै नै दुख गरिरहेका छन् । अनमोल चलचित्र ‘कृ’ बाट निराश भएका दर्शकहरुलाई खुशी पार्न कथावस्तुदेखी आफ्नो शरीरलाई पनि कसिलो बनाइरहेका छन् भने कथाको माग अनुसार कपाल पनि बढाइरहेका छन् ।
पिता भुवन केसी र माता सुस्मिता केसीबीच डिभोर्स भएपनि अनमोल भने पिता भुवनको साथमा नै काठमाडौंमा बस्ने गर्छन । माता सुस्मिता केसीसँग भने उनको प्रायजसो भेटघाट भइरहन्छ । २३ बर्ष पूरा भएर २४ बर्षमा लागेका अनमोललाई अहिले उनका प्रशंसकहरुले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन् ।
नायक अनमोल केसीलाई ‘सिने खबर डटकम’ को तर्फबाट पनि जनमदिनको हार्दिक शुभकामना ।