बलीउड फिल्मकी चर्चित अभिनेत्री प्रियंका चोपडा चाँडै हलीउड फिल्म ‘बेवाच’ मा देखिँदैछिन् । प्रियंकाले यो फिल्मको प्रमोसन समेत सुरु गरिसकेकी छन् । हालैमा उनी पूरा कास्टसँग एक प्रमोसनल इवेन्टमा पुगेकी थिइन् । जहाँ उनले आफ्नो को-स्टार्ससँग गज्जबले मस्ती गरेकी थिइन् । प्रियंकाले यो इवेन्टको फोटोहरु र भिडियो आफ्नो सोसल मिडियामा शेयर गरेकी छिन्, जसमा उनी एलेक्जेन्डर, र कैलीसँग गीत गाउँदै गरेको देखिएकी छन् । फिल्ममा प्रियंका चोपड़ा भिलेन विक्टोरियाको भूमिका निर्वाहा गरेकी छिन् । फिल्ममा उनको साथ ड्वेन जोनसन, ज्याक एफ्रोन, एलेक्जेन्डर ड्याडेरियो, कैली रोहरबाच र जोन बासको पनि मुख्य भूमिका छ ।