धनी परिवारमा जन्मिएका अभिनेता हुन्, रितिक रोशन । उनले बलिउडमा आफुलाई जमाउन भने धेरै नै संधर्ष गरे । सानै उमेरदेखि फिल्ममा रुची भएका उनले आफ्नै होम प्रडक्शनमा बनेको फिल्मबाट डेब्यु गरेका थिए ।
पछिल्लो पटक रिलिज भएको फिल्म काबिलले बक्स अफिसमा राम्रो कलेक्शन गर्न सफल भएको थियो ।
वैवाहिक जीवन सफल नरहे पनि बलिउडमा उनको चार्म भने कत्ति घटेको छैन । उनको दुई सन्तान रहेका छन् । पत्नी सुजैनसँग डिभोर्स गर्दा ३८० करोड समेत तिरेको मिडिया रिपोर्टले समेत उल्लेख गरेका थिए । सन् २०१६ मा रितिक रोशनको आम्दानी ११.८ मिलियन डलर रहेको थियो । उनी ६३ मिलियन डलर सम्पत्तिका मालिक हुन् ।
घरहरु
-प्राइमबिचमा अपार्टमेन्ट, जुहु
-एल पालाजु, जुहु, मुम्बइ
-पारास बंगला, जुहु, मुम्बइ–४० करोड भारतीय रुपैयाँ
-लोटस बिजनेश पार्कमा चारवटा प्लोरहरु, अन्धेरी
-१०० एकड जमिन–बैगलोर
-ब्रान्द्रामा फ्ल्याट–२५ करोड भारतीय रुपैयाँ
-सिंगापुरमा एक भिल्ला समेत रहेको छ ।
कारहरु
-रोल्स रोयस गोस्ट सेरिज–२,यसको मुल्य ७ करोड रुपैयाँ रहेको छ ।
-पोर्सी क्यानी–१.०४ करोड भारतीय रुपैयाँ
-मर्सिटीज मेब्याच–१.६७ करोड भारतीय रुपैयाँ
बाइक
-हार्ले डेबिडसन–१५.५ लाख भारतीय रुपैयाँ
-घडी
-राडो हाइपर क्रोम–२.६ लाख भारतीय रुपैयाँ