बलिउडमा राज र जिस्म जस्ता हिट फिल्मबाट आफ्नो पहिचान बनाइसकेकी अभिनेत्री बिपाशा बासुले गत बर्ष मात्रै सानो पर्दाका अभिनेता करण सिंह ग्रोभरसँग विवाह गरेकी थिइन् ।
विवाहपछि लामो समयसम्म फिल्मबाट टाढा रहेकी बिपाशा धेरैजसो आफ्नो पति करण सिंह ग्रोभरसँग रेष्टुरेन्टहरुमा अथवा विदेशमा बिदा मनाइरहेकी भेटिन्छिन् । अप्रिल २०१६ मा करणसँग विवाह गरेकी बिपाशा फिल्म उद्योगमा करण भन्दा धेरै नै सिनियर हुन् । चाहे त्यो अनुभवको मामिलामा होस, या सम्पत्तिको मामिलामा नै किन नहोस्, उनी करणभन्दा धेरै नै माथि छिन् ।
नेटवर्थियरको अनुसार, बिपाशाको कुल सम्पत्ति १५ मिलियन डलर अर्थात करिब डेढ अर्ब रुपैयाँ छ जबकि उनको तुलनामा उनको पति अर्थात करणको सम्पत्ति करिब २० करोड रुपैयाँमात्रै रहेको छ ।
बिपाशाको हातमा अहिले कुनै पनि फिल्म छैन् तर उनको साथमा अहिले पनि कैयौं मल्टिनेशनल कम्पनीहरुको विज्ञापन सम्झौता रहेको छ । यसैको माध्यमबाट बिपाशाको कमाई भइरहन्छ ।
यस्तै, बिपाशा फिल्मलाई लिएर धेरै नै चिन्तित हुन्छिन् । उनको साथमा अहिले रिबोक, एरिस्टोकेट लगेर, फा डियोडोरेन्ट, गिली ज्वेलरी, केन्डिला सुगर फ्रि गोल्ड, हेड एन्ड सोल्डर सेम्पु लगाएतका कम्पनीका विज्ञापनको सम्झौता रहेका छन् ।
बिपाशा फिटनेशलाई लिएर धेरै नै जागरुक रहन्छिन् । यति मात्रै होइन् उनी मानिसहरुलाई यसको फाइदाको बारेमा पनि बताँउछिन् । केही समय पहिले उनले ‘लव योरसेल्फ ब्रेक फ्रि’ नामको डिभिडी लञ्च गरेकी थिइन् । यस बाहेक बिपाशा कैयौं स्टेज शो पनि गर्छिन् जसको लागि उनी करिव तीन करोड रुपैंया चार्ज गर्छिन् ।
यस्तो छ उनको सम्पत्ति विवरण
बिपाशासँग अउडी ७, पोर्शे, फक्सवागन बिटल जस्ता लक्जरी गाडीहरु छन् । यस बाहेक उनको साथमा मुम्बईको पाश इलाकामा दुई घर छन् । यतिमात्रै होइन उनको एक घर कोलकातामा पनि छ ।
बिपाशाको साथममा अहिले धेरै फिल्मको अफर छैन तर एक समय यस्तो पनि थियो जब उनी टप अभिनेत्रीको रुपमा चिनिन्थिन् । अहिले बिपाशा एक फिल्मको लागि ३ देखि ५ करोड रुपैयाँ सम्म चार्ज गर्छिन् ।
यस्तो छ करणको सम्पत्ति विवरण
टिभिका लोकप्रिय नायकको रुपमा चिनिने करणले एमटिभीको शो ‘कितनी मस्त है जिन्दगी’ बाट करियर शुरुवात गरेका थिए । विस्तारै विस्तारै करणले इन्डस्ट्रीमा आफ्नो पहिचान बनाए र उनको सम्पत्तिमा पनि वृद्धि हुँदै गयो । पछि करणले ‘दिल मिल गए’ र जिटिभीको लोकप्रिय शो ‘कबुल है’ मा काम गरेर नाम र दाम दुवै कमाए । करण एक दिनको सुटिङको लागि करिव ८० हजार भारतीय रुपैयाँ चार्ज गर्छन् । सिरियल र फिल्म बाहेक करणले कैयौं रियालिटि शोमा काम गरेर आफ्नो सम्पति बढाएका छन् । यसको साथै उनले केही विज्ञापनमा पनि काम गरेका छन् । करणको साथमा एक अउडी ७ कार र मुम्बईको हाइराइज अपार्टमेन्टमा एक फ्याट पनि छ ।