टोम होल्याण्डको मुख्य भूमिका रहेको हलीउडको अर्को सुपरहिरो फिल्म ‘स्पाइडर म्यान होमकमिंग’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म १० भाषामा रिलिज गरिनेछ । यो ट्रेलरभन्दा पहिला पनि स्पाइडर म्यान होमकमिंगको को एक अर्को ट्रेलर पनि सार्वजनिक भइसकेको छ, तर पहिलो भन्दा दोस्रो ट्रेलर निकै शानदार छ ।
यो ट्रेलरमा आइरन म्यान यंग स्पाइडर म्यानको मद्दत र उसलाई गाइड गर्नका लागि आउँछन् र उनलाई इमान्दार सुपरहिरो बन्ने ट्रेनिंग दिन्छन् । ट्रेलरबाट यो अनुमान लगाउन सकिन्छ कि फिल्ममा जबर्दस्त एडवेन्चर हुनेछ ।
‘स्पाइडर म्यान : होमकमिंग’ स्पाइडर म्यान फ्रेन्चाइजीको दोस्रो रीबूट हो । फिल्म अंग्रेजीका अलवा हिन्दी, तेलगू, तमिल भाषामा पनि रिलिज हुनेछ । स्पाइडर म्यानमा आधारित यो फिल्मको निर्माण कोलम्बिया पिक्चर्स र मार्वल स्टूडियोले मिलेर बनाएको हो । फिल्ममा टोम होल्याण्ड, माइकल केटन, जायदा, डोनल्ड ग्लोवर, ज्याकब बैटालोन, लारा हैरियर मुख्य भूमिकामा छन् । फिल्म यस बर्षको ७ जुलाईमा रिलिज हुनेछ । फिल्ममा रोबर्ट डाउनी जूनियर पनि छन्, जो आयरन म्यानको भूमिकामा देखिनेछन् ।