बलीउडकी मोस्ट स्टाइलिश एक्ट्रेस सुष्मिता सेनले हालैमा आफ्नी कान्छी छारी आलिशासँग डान्स गरेको एक भिडियो शेयर गरेकी छिन् । यो भिडियो अहिले निकै भाइरल भइरहेको छ । त्यसो त, सुष्मिता सेनले मिस यूनिभर्सको ताज जितेको पनि २३ बर्ष वितिसकेको छ । २१ मार्च, १९९४ मा १८ बर्षको उमेरमा उनले भारतको तर्फबाट मिस यूनिभर्सको क्राउन जित्ने पहिलो पहिला बनेकी थिइन् । सुष्मिताको गन्ती अहिलेपनि सक्सेसफुल मोडल्समा हुने गर्छ । तर, अभिनेत्रीमा भने उनी खासै सफल भइनन् ।
१९९६ मा फिल्म ‘दस्तक’ बाट बलीउडमा आफ्नो पाइला अगाडी बढाएकी सुष्मिताले अभिनय गरेका ‘बीवी नंबर वन’, ‘मैंने प्यार क्यों किया’, ‘मैं हूं न’ जस्ता फिल्महरु सुपरहिट छन् । यी फिल्महरुपछि उनी बलीउडबाट टाढा रहेकी छिन् । उनले दुई छोरीहरुलाई एडप्ट गरेकी छिन् । ४२ बर्षकी सुष्मिता आज रिनी र आलिशाको सिंगल मम्मी हुन ।