शाहरुख खानले ३१ मार्चमा बलीउडमा पाइला टेकेको २५ बर्ष पुरा गरेका छन् । आफ्नो प्रोडक्शन ब्यानर रेड चिलीज इन्टरटेनमेन्टको नयाँ भिएफएक्स अफिसको इनोगरेशनमा उनले एक ट्विट गर्दै यसको जानकारी दिए । उनले लेखेका छन्, मुम्बईमा २५ बर्ष पुरा गरें । यो २५ बर्षले मलाई जिन्दगी दिएको छ । पहिलो पटक महशुस भैरहेको छ कि केही राम्रो त भैरहेको छ ।’’ बताइदिउँ कि शाहरुख खान जब मुम्बईमा आएका थिए तब उनको खल्तीमा ३०० रुपैयाँ थियो र अहिले उनी २०० करोडका मालिक छन् ।
अहिले शाहरुख खान बस्दै आइरहेको आलिसानको महल ‘मन्नत’ ६ हजार स्क्वायर फिटमा फैलिएको छ । जसमा मल्टिपल लिविंग एरिया, एक जिम र लाइब्रेरी पनि छ । यसको इन्टिरियल शाहरुख खानकी पत्नी गौरी खानले डिजाइन गरेकी हुन । यो डिजाइन गर्नका लागि गौरीलाई ४ बर्षभन्दा बढी लागेको थियो ।