हलीउड अभिनेताद्वय भीन डिजेल र डायन जोनशन ‘द रक’ को विवादले उग्र रुप लिएको छ । उनीहरू अभिनित एक्सन फिल्म श्रृखंला ‘द फेट अफ फ्यूरियस’ को प्रचार सँगै नगर्ने खबर बाहिर आएपछि भीन र द रकको विवाद र टकराव छताछुल्ल भएको हो । उनीहरूबीच गत मार्चबाट टकराव सुरू भएको हलीउड अनलाइनहरुले समाचारमा उल्लेख गरेका छन् । रकले आफ्नो इन्स्टाग्राममा आफ्ना पुरूष साथी कलाकारहरू अव्यवसायिक भएको र उनीहरू ‘गधा’ जस्तै भएको भन्दै लेखेपछि उनीहरुबीचको विवाद बाहिर आएको हो । पोस्टमा रकले यस एक्शन सिरिजमा काम गरेका सबै सहकर्मी कलाकारको प्रशंसा गरे भने भिन डिजेलको नाम पनि उल्लेख गरेनन् । ‘द फेट अफ फ्यूरियस’ अप्रिल १४ मा रिलिज हुँदैछ।