पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार राति काठमाडौँमा केही हप्तादेखि डेरा खोज्दा बेहोर्नुपरेको सास्ती/अपमानबारे ट्विट गरे।
 भट्टराईले डेरा नपाएको यो पहिलो पटक भने होइन। सात वर्षअघि अर्थमन्त्रीबाट हटेपछि पनि भट्टराईले डेरा नपाएको प्रचार भएको थियो।
भट्टराईले डेरा नपाएको यो पहिलो पटक भने होइन। सात वर्षअघि अर्थमन्त्रीबाट हटेपछि पनि भट्टराईले डेरा नपाएको प्रचार भएको थियो।
त्यतिबेला कारण देखाइएको थियो- घरबहाल कर नीति। काठमाडौँका घरबेटी घरबहाल कर तिर्न चाहँदैनन्। अर्थमन्त्रीका रुपमा भट्टराईले कर तिर्न नचाहनेलाई चिढ्याउँदै कर तिर्न बाध्य पारे। त्यही भएर काठमाडौँका घरबेटीले उनलाई घर दिन चाहेनन्।
यस पटक भट्टराई त्यो नीति लागू गराउने पार्टीमा समेत आवद्ध छैनन्। उनी नयाँ शक्ति नेपाल नामको आर्थिक समृद्धिलाई मूल नारा बनाएको पार्टीका प्रमुख छन्। तर पनि यस पटक फेरि उनले डेरा पाएनन्। कारण? कसैलाई थाहा छैन।
प्रधानमन्त्री पद छाड्दा भने उनले डेराको चिन्ता गर्नु परेको थिएन। प्रधानमन्त्री हुनुअघिदेखि नै उनी सानेपास्थित अहिले बस्दै आएको घरमा बसिरहेका थिए। पद छाडेपछि उनी त्यहीँ फर्किए। तर अहिले घरबेटी मोहन जोशीले भदौ १५ गते सम्म भट्टराईको परिवारलाई घर छाड्न भनेका हुन्।
‘तीन चार महिना अघि नै छाड्नुपर्छ भनेका थिए’, भट्टराईका सहयोगी विश्वदिप पाण्डेले पहिलोपोस्टसित भने, ‘घरबेटीले घर बेचे।’
पाण्डेले आउँदो १५ गतेसम्म घरबेटीले बेचबिखन भएको घरको रकम बुझिसक्ने भएकाले त्यसअघि नै सर्न ठिक्कको भाडाको घर खोजिरहेको बताए।
‘ठिक्कको भनेको एक दुई वटा गाडी अट्ने भट्टराईको परिवार र सचिवालयका दुइ/चार जना बस्ने खालको’, पाण्डेले खोजिरहेको घरबारे बताए।
भट्टराईले अब सबै भेटघाट पार्टी कार्यालयमा गर्ने भएकाले सानो घर खोजिएको बताए। भट्टराइ अध्यक्ष रहेको पार्टी नयाँ शक्ति नेपालको कार्यालय बबरमहलमा रहेको छ।
‘अहिलेसम्म घर पाइएको छैन’, पाण्डेले भने। -पहिलोपोस्ट
 
                                                                                               







 
			   
			   
			   
			   
			  