बलीउड अभिनेत्री रानी मुखर्जीकी एक छोरी छिन् । धेरै कलाकारहरुले आफ्नो सन्तानका फोटोहरु सार्वजनिक गरिरहन्छन् तर रानी भने यस कुरामा पछाडी छिन् आखिर कारण के हो त ?
उनले एक कार्यक्रममा भनिन् मेरो श्रीमान् पारिवारिक कुराहरु घरमै सिमित हुनुपर्छ भन्ने मान्यता राख्छन् । त्यसैले उनी सामाजिक सञ्जाल होस् या अन्य कुनै मिडियामा यस्ता कुराहरु आउनुहुन्न भन्ने सोच राख्ने भएको कारणले गर्दा उनकी छोरी आदिराको फोटो एक पटक मात्रै सामाजिक सञ्जालमा राखेकी थिइन् ।
रानीकी श्रीमान् आदित्य चोपडा फिल्म निर्माता तथा निर्देशक समेत हुन् । पारिवारिक कुरा बाहिर ल्याउन नचाहने उनीहरुले आफ्ना केही पारिवारिक सदस्यको साथ फ्रान्सको पेरिसमा गुपचुप विवाह गरेका थिए ।