बलीउड अभिनेत्री आलिया भट्ट र अभिनेता वरूण धवन स्टारर फिल्म ‘बद्रीनाथ की दुल्हनिया’ ले वर्ल्डवाइड बक्स अफिसमा २०० करोडको आँकडा पार गरेको छ । प्रदर्शनको २४ दिनमा यो फिल्म २०० करोडमा प्रवेश गरेका हो ।
यसको जानकारी धर्मा प्रोडक्शन आफैले सोसल मिडियामार्फत दिएको छ । करन जोहरले ट्वीट गर्दै लेखेका छन्, ‘तपाईहरुको यो प्रेमका लागि हृदयदेखी धन्यवाद ।’
घरेलू बक्स अफिसमा यो फिल्मले २१ दिनमा १५६.९८ करोड ग्रस आम्दानी गरेको थियो । त्यस्तै, विदेशमा यो फिल्मले करिब ४५ ५० करोडको कमाई गरेको छ । सबै मिलाएर यो फिल्मले प्रदर्शनको २४ दिनमा २०० करोड कमाई गरेको हो ।
यो फिल्मको सक्सेजलाई देख्दै डायरेक्टर शशांक खेतानले यसको सिरिजको तेस्रो भाग निर्माण गर्ने पनि तयारी थालेका छन् । हालैमा उनले भने, ‘दर्शहरुबाट यस्तो प्रतिक्रिया पाएपछि निकै खुसी छु । यसबाट हामीलाई निकै प्रोत्साहन मिलेको छ । थियेटरबाट मानिसहरु फिल्म हेरिसकेपछि निकै खुशी थिएँ, यो नै हाम्रो लागि सबैभन्दा ठूलो सफलता हो । यो फ्रेन्चाइजीको तेस्रो फिल्म बनाउनका लागि पनि म निकै उत्सुक छु ।’ आलिया र वरूणको यो केमेस्ट्रीलाई मानिसहरु निकै रुचाएका छन् ।