५० बर्ष पूरनो कथामा तयार भएको चलचित्र ‘पञ्चायत’ को फस्टलुक पोष्टर र प्रदर्शन मिति घोषणा गरिएको छ । रामनवमीको अवसरमा चलचित्रको फस्टलुक पोष्टर र मिति डेट फाइनल गरिएको हो । यो चलचित्र आगामी २०७४ फागुन १८ गते बाट प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्र ‘पञ्चायत’ मा सरोज खनाल र निता ढुङगानाको मुख्य भूमिका रहेको छ ।चलचित्रमा रुपा राना, गिता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत,बिशाल पहारी, किरण थापा,राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने चलचित्र पंचायतको लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् । गणेश गिरिको प्रस्तुति रहेको यस चलचित्रलाई सुशान्त श्रेष्ठ र शंकर सुवेदिले निर्माण गरेका हुन् । सञ्चारकर्मी रवि अधिकारी चलचित्रका कार्यकारी निर्माता हुन । चलचित्रमा टंक बुढाथोकि संगीत,रामेश्वर कार्कीको छायांकन तथा बिपिन मल्ल सम्पादन रहेको छ ।