बलीउड अभिनेत्री परिणीति चोपडाको फिल्म ‘मेरी प्यारी बिंदू’ अहिले चर्चाको विषय बनेको छ । यशराज ब्यानरको यो फिल्मको ट्रेलर ५ च्याप्टर्स रिलिज हुँदैछ । १२ मेमा रिलिज हुन लागेको यो फिल्ममा परिणीति आयुष्मान खुरानासँग रोमान्स गर्दै गरेको देख्न सकिन्छ । परिणीति लगभग डेढ बर्षपछि ठूलो पर्दामा लिड अभिनेत्रीको रुपमा कमब्याक गर्दैछिन् । यो बीचमा उनले आफ्नो वजन कम गर्नुका साथै नयाँ घर पनि किनेकी छन् ।
२०१६ मा Architectural Digest नामक एक म्याग्जीनका लागि परिणीतिले विशेष फोटोसुट गरेकी छिन्, जसमा उनको घरको झलक फ्यानलाई देख्न मिलेको थियो । २०१५ मा परिणीतिले मुम्बईमा क्वांटम टावरमा ४ हजार वर्गफिटको फ्याल्ट किनेकी छन् । २२ करोडको मूल्य रहेको यो फ्ल्याटमा चार बेडरुम छ भने होन्ल र किचनसँगै सी-फेसिंग व्यू छ ।